बालेनप्रति प्रधानमन्त्रीको अभिव्यक्ति अस्वाभाविक : भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका नेता शङ्कर भण्डारीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अस्वाभाविक भएको टिप्पणी गरेका छन् ।
आइतबार भण्डारीले जारी गरेको विज्ञप्तिमा भनेका छन्, त्यसका अतिरिक्त कुनै व्यक्ति विशेष तथा संस्था विशेषप्रति पनि उहाँ (प्रधानमन्त्री) का कडा र अस्वाभाविक टिप्पणीहरू बाहिर आएका छन् । जस्तै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्षित तिखा टिप्पणीहरू चर्चामा छन् ।
भण्डारीले जनताबाट निर्वाचित मेयर महानगरलाई व्यवस्थित बनाउन क्रियाशील देखिएकाले उनीसँग कुनै समस्या भए बोलाएर छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । विज्ञप्तिमा मुलुकको प्रधानमन्त्रीबाट सभ्य, सुसंस्कृत र परिपक्क व्यवहार तथा बोलीको अपेक्षा गरिएको उल्लेख छ ।
‘तर केही समयदेखि त्यस्तो अवस्था देखिएको छैन । पार्टी अध्यक्षको हैसियतले उहाँले पार्टी नेताहरूलाई विपक्षीका विरुद्धमा आक्रामक ढङ्गबाट प्रस्तुत हुन दिएको निर्देशनलाई आम नागरिकले सकारात्मक रूपमा लिएका छैनन्’ भण्डारीले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण