प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आइतबारका लागि तय भएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरुद्ध पार्ने निर्णय गरेसँगै सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
संघीय संसद सचिवालयका अनुसार अब बैठक सोमबार दिउँसो १ बजे बस्नेछ ।
यसअघि आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक सहमति नजुटेकै कारण सवा ३ बजेसम्मका लागि स्थगित भएको थियो । यो बीचमा पनि सहमति जुटन नसकेपछि बैठक बुधबारसम्मकै लागि स्थगित भएको हो ।
जनयुद्धलाई सभामुख देवराज घिमिरेले ‘हिंसा’ भनेर स्थापित गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै आएको छ । बिहीबारको बैठकमा सभामुख घिमिरेले रुलिङ गर्दै हिंसा असंसदीय शब्द नभएको र रेकर्डबाट नहटाउने बताएका थिए ।
त्यसमा माओवादी केन्द्रले आपत्ति जनाउँदै सभामुखको निर्णय स्वीकार नगर्ने भन्दै सदन अवरोध गरेको थियो । सोही विषयमा सहमति जुटाउन आइतबार बिहान सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए । तर‚ बैठकमा पनि सहमति जुट्न सकेन ।
भदौ १२ को प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भनेपछि सदनमा विवादको वातावरण सिर्जना भएको हो । यो विषयमा एमाले र माओवादी सांसद आम्नेसाम्ने भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार