पत्रकार शर्माका पुस्तक सार्वजनिक समारोहमा नेताहरूले गरे नेपाल–चीन सम्बन्धबारे रोचक टिप्पणी
काठमाडौँ । पत्रकार सुधीर शर्माका दुई पुस्तक आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ ।
‘भिक्षु, व्यापार र विद्रोह: नेपालको भोट–चीन सम्बन्ध र भारत’ र ‘हिमालपारिको हुरी: गणतन्त्रपछि फेरिएको नेपाल–चीन सम्बन्ध’ नामक दुई पुस्तक कुनै बेला तिब्बतमा व्यापार गर्ने पन्चवीरसिंह तुलाधर र ज्योतिलक्ष्मी शाक्यले संयुक्त रूपमा विमोचन गरेका हुन् ।
_cBQqx4HEHS.jpg)
कार्यक्रममा पुस्तकबारे नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष स्वर्णिम वाग्ले र नेपाल–चीन मामिलाकी जानकार डा. लीला न्याइच्याईले टिप्पणी गरेका थिए ।
_IoUA4VcM15.jpg)
थापाले पुस्तकमा चीनले नेपाल र नेपालले चीन नचिनेको प्रसङ्ग रोचक रहेको बताए । उनले चीनले नेकपा मिलाएको तर ती पार्टी मिल्न सक्दैनन् भन्ने नबुझेकोले नेपालले चीन नचिने नै चीनले पनि नेपाल नचिनेको उल्लेख गरे ।
_z114C6qHeN.jpg)
थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताए ।
एमाले महासचिव पोखरेलले हिमाल पारीको हुरी शीर्षकबारे टिप्पणी गर्दै नेपालको सामाजिक–सांस्कृतिक र अन्य मामिलामा उत्तरबाट हुरी नै चलेको समय मान्ने बेला भइसकेको छैन, मन्दमन्द चिसो हावा चल्न थाल्या हो कि भन्ने धारणा राखे ।
_GrHIWWQ1zy.jpg)
रास्वपा उपसभापति वाग्लेले शर्माको इतिहास वर्णन पढ्दा कुनै रोमाञ्चक उपन्यास पढेजस्तो अनुभूति भएको सुनाउँदै असाध्यै राम्रो शोध गरेर पुस्तक तयार पारेको आफूले पाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण