इन्फा अवार्डमा केकी र अनमोल उत्कृष्ट
काठमाडौँ । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनमा सम्पन्न भएको छ । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित कार्यक्रमका बिच उत्कृष्ट मनोनयनमा रहेका मध्येबाट सर्वोत्कृष्ट घोषण गरिएको हो ।
_FHRrfZw61u.jpg)
अनमोल केसी फर्की फर्कीबाट सर्वोत्कृष्ट अभिनेता र केकी अधिकारी प्रसाद २ बाट अभिनेत्री ठहरिएका छन् । अवार्डमा जारी सर्वोत्कृष्ट फिल्म घोषित भएको छ भने उपेन्द्र सुब्बा सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् ।
_tt1CBilnmH.jpg)
सर्वोत्कृष्ट कथा/पटकथाको अवार्ड दिमाग खराबबाट आकाश बरालले हात पार्दा प्रसाद २ बाट अर्पण थापा सर्वोत्कृष्ट खलपात्र ठहरिएका छन् । सर्वोत्कृष्ट छायाकार प्रसाद २ बाट राजेश श्रेष्ठ, फर्की फर्कीबाट सुरेन्द्र पौडेल सर्वोत्कृष्ट सम्पादक, प्रकाश सपुत सर्वोत्कृष्ट संगीतकार बोक्सीको घर(बुझिन मैले), कालिप्रसाद बास्कोटा सर्वोत्कृष्ट पाश्र्वगायक चरी बस्यो (जारी), समीक्षा अधिकारी बोक्सीको घर(बुझिन मैले) सर्वोत्कृष्ट पार्श्वगायक, सर्वोत्कृष्ट नृत्य निर्देशक पुजार सार्कीबाट शिशिर खत्री (दर्शन गरेँ)ले अवार्ड हात पारेका छन् ।
_qJgrgJqwbt.jpg)
यता वर्ष २०२४ को पप्पुलर अभिनेताको अवार्ड दयाहाङ राईले फिल्म जारीबाट हात पारेका छन् भने यही फिल्मबाट मिरुना मगरले पप्पुलर अभिनेत्रीको अवार्ड हात पारेकी छिन् । सर्वोत्कृष्ट अभिनेता जुरी तर्फ पुजार सार्कीबाट प्रदीप खड्का र सुपला सापकोटा बोक्सीको घरबाट अभिनेत्रीको अवार्ड जित्न सफल भएका छन् ।
_VeuR7QJsZH.jpg)
पब्लिक च्वाईस तर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्डमा पल शाहले जित्न सफल हुँदा सर्वोत्कृष्ट अभिनेत्री जसिता गुरुङ ठहरिएकी छिन् । यता पर्फमर अफ दि एयरको अवार्ड मोडल तथा डान्सर सुशान्त खत्रीले जीत्दा इन्करेजमेन्ट अवार्ड फिल्म लण्डन टु पेरिसबाट गरिमा शर्माले हात पारेकी छिन् ।
_mOSwCMBb2j.jpg)
यता लाईफटाईम एचिभमेन्ट अवार्डबाट नेपाली फिल्म क्षेत्रमा भुवन केसी सम्मानित भएका छन् । केसीले अवार्ड ग्रहण गर्दै गर्दाको अभिनेता अनमोल केसीले स्टेजमै पिताको खुट्टा ढोगेका थिए ।
_UiEAjTMyxL.jpg)
_QtxW3pfEyc.jpg)
_kmmOAfhXGd.jpg)
_lOs0AU3Uzz.jpg)
_Z3odbbO81F.jpg)
_WZ1ISUSA76.jpg)
_AuI8u4tmgu.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण