मिस नेपाल वर्ल्ड २०२४ आश्मा केसीका साथ बर्जर पेन्ट्सले ल्यायो चाडपर्व ग्राहक योजना
काठमाडौँ । बर्जर पेन्ट्स नेपालले मिस नेपाल वल्र्ड २०२४ आश्मा केसीका साथ चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ । बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहकले यस योजनामा सहभागी भई रु. १ लाखसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजेर राजीव रोयले भने, ‘चाडपर्व भनेको परिवारलाई एकै ठाउँमा ल्याउने समय हो र बर्जर पेन्ट्सले सुन्दर तरिकाले घर रंग्यानु जस्तो चाडपर्व मनाउने राम्रो तरिका अर्को हुँदैन । यस अभियान मार्फत हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट उत्पादनहरूको साथै आकर्षक नगद पुरस्कार जित्ने मौका पनि दिन चाहन्छौँ । हामीलाई विश्वास छ चाडपर्वलाई अझ विशेष बनाउँदैै यस अभियान नेपालभरका परिवारमाझ रौनक बनेर फैलिने छ ।’
यो योजना बर्जर सिल्क ब्रीद इजी, सिल्क ग्ल्यामर ग्लो, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लिन फ्रेश, इजी क्लिन, वेदरकोट लङ्ग लाईफ, वेदरकोट अल गार्ड फ्लेक्जो र वेदरकोट अल गार्ड जस्ता बर्जरका उत्पादनहरुमा मात्र लागु हुने कम्पनीले जनाएको छ । घरधनिहरुले यस योजनाको बारेमा विस्तृत जानकारी लिनको लागि नजिकैको बर्जर डिलरमा सम्पर्क गर्न सक्ने कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण