भुवन केसीलाई लाईफटाईम एचिभमेन्ट अवार्ड
काठमाडौँ । अभिनेता तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष भुवन केसी ‘लाईफटाईम एचिभमेन्ट’ बाट सम्मानित भएका छन् । लन्डनमा आयोजित ‘यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा)’ मा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।
लन्डनको ग्रिनफोर्ड हलमा आयोजित अवार्डमा अनमोल केसी र केकी अधिकारी सर्वोत्कृष्ट अभिनेता अभिनेत्री घोषित भए । अनमोलले फिल्म ‘फर्की फर्की’ र केसीले ‘प्रसाद २’ बाट अवार्ड प्राप्त गरेका हुन् ।
नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बिस्तार, कलाकर्मीलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उपेन्द्र सुब्बाले निर्देशक, आकाश बरालले लेखन, अर्पण थापाले खलपात्र, राजेश श्रेष्ठले छायाङ्कन, सुरेन्द्र पौडेलले सम्पादकको रूपमा अवार्ड प्राप्त गरे ।
प्रकाश सपुत सङ्गीतकार, कालीप्रसाद बास्कोटा पाश्र्व गायक, समीक्षा अधिकारी पाश्र्व गायिका र शिशिर खत्रीले निर्देशकको अवार्ड लिए । या वर्षको पपुलर अभिनेता दयाहाङ राई र पपुलर अभिनेत्री मिरुना मगर, सर्वोत्कृष्ट अभिनेता जुरीतर्फ प्रदीप खड्का र सुपला सापकोटा बने ।
नेपाली एसोसिएसन युकेको आयोजना रहेको अवार्डले अगामी वर्ष पनि निरन्तरता पाउने कार्यक्रम संयोजक मनिष कार्कीले बताए । अवार्डमा केकी अधिकारी, अनमोल केसी, जसिता गुरुङ, शिल्पा मास्के लगायतले नृत्य प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण