दुई महिनासम्म पृथ्वीले पाउने भयो अर्को फुच्चे चन्द्रमा
वाशिङटन डीसी । पृथ्वीले फुच्चे चन्द्रमा पाउने भएको छ । २०२४ पीटी ५ नाम गरेको छुद्र ग्रह पृथ्वीतिर आइरहेको छ । पृथ्वीको वातावरणमा आइपुगेपछि विस्फोट हुनुको साटो यो छुद्र ग्रह करिब ५६ दिनसम्म पृथ्वीको अक्षमा फस्नेछ अनि चन्द्रामाले झैँ पृथ्वीको आसपास रहनेछ ।
यो छुद्र ग्रह अगस्ट ७ मा फेला परेको थियो । रिसर्च नोट्स अफ द अमेरिकन एष्ट्रोनोमिकल सोसाइटीमा प्रकाशित प्रतिवेदनका अनुसार यो छुद्र ग्रहको व्यास १० मिटर छ ।
सेप्टेम्बर २८ देखि नोभेम्बर २५ को बिचमा यो पृथ्वीको अक्षमा घुमिरहेको देख्न सकिनेछ । यस अवधिमा २०२४ पीटी ५ पृथ्वी वरिपरि घुमे पनि अक्षमा पूरै परिक्रमा भने गर्न सक्ने छैन ।
पृथ्वीको गुरुत्वाकर्षणबाट फुत्किएर फेरि सूर्यको अक्षमा फर्किने र सौर्य प्रणालीमा आफ्नो यात्रालाई निरन्तरता दिनेछ । यसको अर्थ कूल ५६ दशमलव ६ दिन पृथ्वीको दुई वटा चन्द्रमा हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण