७ दशकयताकै शक्तिशाली समुद्री आँधीका कारण सांघाईको जनजीवन प्रभावित
हङकङ । सात दशकयताकै शक्तिशाली समुद्री आँधीका कारण चीनको सांघाई सहर सोमबार ठप्प बन्न पुगेको छ । आँधीले गर्दा चिनियाँ आर्थिक हब मानिने सहरका उडान, रेल, राजमार्गहरू बन्द भएका हुन् ।
‘बेबिंका’ नाम दिइएको समुद्री आँधी स्थानीय समयअनुसार बिहान साढे ७ बजे सहरको दक्षिणपूर्वी क्षेत्रबाट प्रवेश गरेको थियो । जोइन्ट टाइफुन वार्निङ सेन्टरले आँधीको गति १ सय ३० किलोमिटर प्रतिघण्टा रहेको जानकारी दिएको छ ।
चाइना मेटेरोलोजिकल एडमिनिस्ट्रेसनले आँधीको मध्य भाग नजिक यसको तीव्रता १ सय ५१ किलोमिटर प्रतिघण्टासम्म मापन गरेको जनाएको छ । राज्यद्वारा सञ्चालित मिडियाले सांघाईमा आएको सन् १९४९ पछिकै सबैभन्दा शक्तिशाली आँधी भएको बताएको छ ।
अधिकारीहरूले सोमबार समुद्री आँधी सम्बन्धी रातो चेतावनी जारी गरेका छन् । यो सबैभन्दा उच्च तहको चेतावनी हो । आँधीका कारण तीन दिन राष्ट्रिय बिदा दिइएको मुन फेस्टिभल मनाउने सर्वसाधारणको योजनासमेत प्रभावित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण