चिकित्सा शिक्षा आयोगविरुद्ध विद्यार्थीहरू १६ दिनदेखि आन्दोलनमा
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षाको नतिजाप्रति असन्तुष्ट विद्यार्थीहरू आन्दोलनमा छन् । आयोगले गत भदौ १ गतेदेखि लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । आज बिहान समेत माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
आयोगले लिएको एकीकृत प्रवेश परीक्षाको नतिजामा देखिएको गम्भीर त्रुटिको विरुद्धमा विगत १६ दिनदेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका हुन् । तर पनि अहिलेसम्म उनीहरूका माग सम्बोधन हुन सकेका छैनन् ।
निकै मिहिनेत र सङ्घर्षका साथ अध्ययन गरेर भविष्यमा देशको स्वास्थ्य क्षेत्रमा सेवा गर्ने लक्ष्य बोकेका विद्यार्थीहरूको भविष्य अन्योलमा पार्नेगरी लापरबाही भएको विद्यार्थीहरूको आरोप छ ।

विद्यार्थीहरूले परीक्षामा आफूहरूले लेखेका उत्तर पुस्तिका, उत्तर की सँगै प्रश्न पत्र समेत देखाउनुपर्ने माग राख्दै आएका छन् । तर, आयोगले भने प्रश्न पत्र देखाउन नसकिने जनाउँदै आएका छन् । उत्तर पुस्तिका र उत्तर की का लागि निवेदन दिएको खण्डमा विद्यार्थीको अनलाइन प्रोफाइलमा पठाउन सकिने तर, प्रश्न पत्र देखाउन नसकिने जनाउँदै आएको हो ।
हालको विद्यमान कानुनी प्रावधानअनुसार प्रश्न पत्र देखाउन नमिल्ने आयोगको परीक्षा समितिका निर्देशक प्राडा सरला श्रेष्ठले बताइन । त्यस्तै प्रश्न पत्र बनाउने विज्ञहरूको सङ्ख्या समेत कम रहेकाले त्यही प्रश्न पत्र रिपिट हुने गरेको बताइन् ।

आन्दोलनरत विद्यार्थीहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई समेत भेटेर ध्यानाकर्षण गराएका छन् । आइतबार मन्त्रीकै कार्यकक्षमा पुगेका विद्यार्थीहरूले आफूहरूले राख्दै आएका मागका विषयमा ध्यानाकर्षण गराएका हुन् । जवाफमा मन्त्री भट्टराईले समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण