काठमाडौँमा सुरु भयो दिपल एक्सचेन्ज कार्निभल, इभीप्रेमीको उत्साहजनक सहभागिता
काठमाडौँ । एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौँको गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कानिर्भल सुरु भएको छ । एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा एक्सचेन्ज कानिर्भलको सुरुवात गरे ।
पहिलो दिनमा आफ्नो पुरानो गाडी साटेर दिपल इभीमा अपग्रेड हुन चाहनेहरुको उल्लेख्य सहभागिता रहेको थियो । दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि–बजेट मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा दिपल हट मोडेल दिपल एस०७ खरिद गर्न सकिने छ ।
साथै ग्राहकले आफ्नो पुरानो गाडीको मूल्यांकन नेपालकै टप ६ रिकन्डिसन हाउसबाट गराउन सक्नेछन् ग्राहकको सहजतालाई ध्यानमा राखेर एमएडब्लु वृद्धिले अतिरिक्त एक्सचेन्ज बोनस, अनस्पट फाइनान्स र अन स्पट डेलिभरी पनि पाउने कम्पनीको भनाइ छ ।
कार्निभलको उद्घाटनमा एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवालले दिपलले आफ्नो डिजाइन, पर्फर्मेन्स र फिचरका कारण छोटो समयमै नेपाली प्रयोगकर्ताको मन जित्न सफल भएको बताए ।
त्यसैगरी, एमएडब्लु अटोकर्पका विवेक सिकारियाले ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ दिपलका इभीहरुको वनरसिपलाई सहज बनाउन यो विशेष कार्यक्रमको आयोजना गरेको बताए ।
कानिर्भलको पहिलो दिनमै सोमबार ग्राहकले रुचीका साथ कार्निभलमा सहभागिता जनाएका थिए । यो कार्यक्रममार्फत नेपालमा चांगान र दिपलको पोजिसनलाई अझ बलियो बनाउने अपेक्षा एमएडब्लु वृद्धिले लिएको छ । नेपालमा दिपल एस ०७ र एल ०७ गरी दुई मोडेल विक्री हुँदै आएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण