टोस्टमास्टर्स नेपालको साइटेसन सम्पन्न
काठमाडौँ । टोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न भएको छ । काठमाडौँको अलफ्टमा भएको उक्त साइटेसनमा देशभरका करिब ३०० सदस्यहरू उपस्थित रहेका थिए ।
काठमाडौँ, भक्तपुर, झापा, धरान, बुटवल, भैरहवा, वीरगन्ज, नेपालगन्ज, पोखरा र चितवनका ६० भन्दा बढी क्लबका सदस्यहरू साइटेसनमा सहभागी भएका थिए । ‘टुगेदर फर हन्ड्रेड’ भन्ने नाराका साथ टोस्टमास्टर्स इन्टरनेशनलको शतवार्षिकी मनाउँदै सन् २०२६ सम्ममा नेपालमा १०० वटा टोस्टमास्टर्स क्लबको लक्ष्य हासिल गर्ने प्रतिबद्धता पनि उक्त साइटेसनमा व्यक्त गरिएको थियो ।
टोस्टमास्टर्स नेपालले हरेक वर्ष टोस्टमास्टरको सदस्यभन्दा बाहेकको एक व्यक्तित्वलाई उनको सञ्चार तथा नेतृत्व क्षमताका लागि ‘दि कम्युनिकेटर अवार्ड’ प्रदान गर्दै आएको छ । यस वर्षको ‘कम्युनिकेटर अवार्ड २०२४’ मिडियाकर्मी भूषण दाहाललाई प्रदान गरिएको थियो ।
कार्यक्रमका मुख्य वक्ता अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर तथा हिन्दु पौराणिक कथाका विज्ञ अतुल सत्य कौशिक साइटेसनका मुख्य आकर्षण थिए । कार्यक्रमको सफलताबारे बोल्दै टोस्टमास्टर्स इन्टरनेशनलको डिस्ट्रिक्ट ४१ की डिस्ट्रिक्ट डाइरेक्टर मून प्रधानले भने, “यस वर्षको साइटेसनले नेपालको टोस्टमास्टर्स समुदाय बीचको एकताको भावनालाई प्रस्तुत गरेको छ । हामी नेपालमा टोस्टमास्टर्सको अहिलेसम्मको प्रगति देखेर निकै गर्वित छौं । यस सफलतालाई निरन्तरता दिँदै सन् २०२६ सम्म १०० वटा टोस्टमास्टर्स क्लब पुर्याउने लक्ष्य हामीले राखेका छौँ ।”
त्यसैगरी साइटेसनमा पाँचवटा डिभिजनहरूको ह्युमरस स्पिच, टोस्टमास्टर सीमा गोल्छाको स्ट्यान्ड–अप कमेडी प्रस्तुति, अन्य थुप्रै सदस्यहरूको नृत्य र गायन लगायत मनोरञ्जनात्मक प्रस्तुतिको साथमा अन्य थुप्रै सामूहिक गतिविधिहरू र पुरस्कारहरू समावेश थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण