सिटी एक्सप्रेसको २०८१ सालको दसैँ तिहार योजना सार्वजनिक
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरूको महान् चाड २०८१ सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै लगातार ९० दिन सम्म चल्ने “१८ औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा” उपहार योजना घोषणा गरेको छ ।
उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपालको उपस्थिति रहेको थियो । सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको छ ।
कम्पनीका अनुसार यस “१८ औँ वर्षमा १८ गुणा , परिवार मा खुसी लाखौँ गुणौें” अफर असोज १ देखि मङ्सिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण