प्रादेशिक अस्पताल गौरमा अख्तियारको छापा

रौतहट । रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छापा मारेको छ।
अख्तियारको कार्यालय काठमाडौँबाट टोलीले सोमवार राती प्रादेशिक अस्पतालमा छापा मारेको हो।
टोलीले अस्पतालको स्टोर रुममा खरिद अनुसारको औषधि उपकरण भए नभएको बुझी मुचुल्का गरी लगेको छ ।
अख्तियारको टोलीले खोजे अनुसार परिमाणको उपकरण र सामाग्री नपाएपछि सोहि अनुसार मुचुल्का गरी लगेको अस्पताल श्रोतले जनाएको छ।
स्टोरमा रहेको उपकरण र औषधीबारे अख्तियारको टोलीले प्रादेशिक अस्पताल गौरका स्टोर किपर राम अश्रे मुखियासँग केहीबेर सोधपुछ गरेको थियो।
अस्पताल बिकास समितिका अध्यक्ष अनवर साहमीले अख्तियारको टोली आएको पुष्टि गरेका छन्। मधेस प्रदेशका प्रादेशिक आपूर्ति समितिले प्रदेशभरी अस्पतालहरूमा आपूर्ति गरेको औषधी तथा स्वास्थ्य उपकरणमा अनियमितता भएको अख्तियारमा उजुरी परेपछि टोली परिचालन भएको अध्यक्ष हासमिले जानकारी दिएका छन्।
हासमिका अनुसार अख्तियारको टोलीले प्रदेशको सबै प्रादेशिक अस्पतालमा औषधी र स्वास्थ्य उपकरणबारे छानबिन सुरु गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन