प्रादेशिक अस्पताल गौरमा अख्तियारको छापा
रौतहट । रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छापा मारेको छ।
अख्तियारको कार्यालय काठमाडौँबाट टोलीले सोमवार राती प्रादेशिक अस्पतालमा छापा मारेको हो।
टोलीले अस्पतालको स्टोर रुममा खरिद अनुसारको औषधि उपकरण भए नभएको बुझी मुचुल्का गरी लगेको छ ।
अख्तियारको टोलीले खोजे अनुसार परिमाणको उपकरण र सामाग्री नपाएपछि सोहि अनुसार मुचुल्का गरी लगेको अस्पताल श्रोतले जनाएको छ।
स्टोरमा रहेको उपकरण र औषधीबारे अख्तियारको टोलीले प्रादेशिक अस्पताल गौरका स्टोर किपर राम अश्रे मुखियासँग केहीबेर सोधपुछ गरेको थियो।
अस्पताल बिकास समितिका अध्यक्ष अनवर साहमीले अख्तियारको टोली आएको पुष्टि गरेका छन्। मधेस प्रदेशका प्रादेशिक आपूर्ति समितिले प्रदेशभरी अस्पतालहरूमा आपूर्ति गरेको औषधी तथा स्वास्थ्य उपकरणमा अनियमितता भएको अख्तियारमा उजुरी परेपछि टोली परिचालन भएको अध्यक्ष हासमिले जानकारी दिएका छन्।
हासमिका अनुसार अख्तियारको टोलीले प्रदेशको सबै प्रादेशिक अस्पतालमा औषधी र स्वास्थ्य उपकरणबारे छानबिन सुरु गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण