बाइडेन र ह्यारिसबारे लेखेको पोस्ट मस्कले किन मेटाए ?
क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले राष्ट्रपति र उपराष्ट्रपतिबारे गरेको ट्विट मेटाएको खुलासा भएको छ । अमेरिकी गुप्तचर सेवाले उक्त ट्विटबारे आफूलाई जानकारी रहेको बताएको छ । मस्कले आफ्नो एउटा ट्विटमा राष्ट्रपति जो बाइडेन वा उपराष्ट्रपति कमला ह्यारिसको हत्या गर्ने प्रयास कसैले गर्न नसक्ने लेखेका थिए ।
तर, पछि मस्कले आफ्नो ट्विट डिलिट गर्दै यो मजाक मात्र भएको बताए । पूर्व अमेरिकी राष्ट्रपति र रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास भएको खबर आएको एक घण्टापछि मस्कले आइतबार यो ट्विट गरेका थिए ।
मस्कको सो ट्वीटको कयौं एक्स प्रयोगकर्ताले आलोचना गरेका थिए । मस्कले यस्तो बयानबाजी गर्नु गैरजिम्मेवारपूर्ण रहेको ह्वाइट हाउसले भनेको छ । मस्कले यस निर्वाचनमा ट्रम्पलाई समर्थन गरिरहेका छन् । आफू दोहोर्याएर ह्वाइट हाउसमा पुगे भने मस्कलाई सरकारी दक्षता आयोगको जिम्मेवारी सुम्पिने आश्वासन ट्रम्पले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण