ट्रम्पलाई गोली हान्न १२ घन्टादेखि गल्फ कोर्समा ढुकिरहेका थिए संदिग्ध
वाशिङ्टन डीसी । अमेरिकी पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका उमेदवार डोनल्ड ट्रम्पको २ महिनाको अन्तरालमा आइतबार दोस्रो पटक हत्या प्रयास भयो । यस पटक पनि ट्रम्पको भाग्य बलियो थियो । एजेन्टहरूको तत्काल कारबाही गर्दा बन्दुकधारी रायन वेस्ली राउथ ट्रम्पसम्म पुग्न नसकेको अमेरिकाको गुप्तचर सेवाले जनाएको छ ।
सेक्रेट सर्भिसले देख्नु अघि राउथ गोल्फ कोर्स नजिकै १२ घण्टासम्म ढुकेर बसिरहेको एफबीआईले भनेको छ । अमेरिकी सञ्चारमाध्यमले ट्रम्पमाथि आक्रमण गर्ने व्यक्तिलाई रायन वेस्ली राउथको रूपमा पहिचान गरेको थियो । ५८ वर्षीय राउथ अमेरिकाको उत्तरी क्यारोलिना राज्यबाट आएका हुन् । तर ताजा सम्पत्तिसम्बन्धी कागजातअनुसार उनी हाल अमेरिकाको हवाईका बासिन्दा हुन् । राउथलाई आज अर्थात मंगलबार अदालतमा पेश गरिदैंछ ।
एफबीआईले राउथको सामाजिक सञ्जालमा पनि हेरेको थियो । यसबाट उनले रुससँग चलिरहेको युद्धमा युक्रेनलाई सहयोग गरिरहेको पाइयो। यसबाहेक विगतमा उनको आपराधिक रेकर्ड पनि छ । राउथमाथि आइतबार फ्लोरिडास्थित ट्रम्प इन्टरनेशनल गल्फ कोर्समा एके –४७ जस्तो देखिने बन्दुक लिएर गएको आरोप छ । एफबीआईले गल्फ कोर्सको झाडीबाट हतियार, एउटा स्कोप, दुईवटा झोला र एउटा गो–प्रो क्यामेरा पनि बरामद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण