बिहे गर्न चाहन्छिन् कंगना रनौत
नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौतले आफ्नो बिहेबारे बोलेकी छिन् । न्यूज१८ इन्डियाको चौपाल कार्यक्रममा बलिउडकी ‘पंगा क्वीन’ र मण्डीकी सांसद कंगना रनौत पनि पुगेकी थिइन् । यस क्रममा उनले चलचित्र उद्योग, राजनीति, किसान आन्दोलन र आफ्नो विवाहबारे कुरा गरेकी थिइन् ।
३८ वर्षीय नायिकाको विवाह कहिले हुन्छ ? यो प्रश्न धेरैको मनमा छ । अभिनेत्रीले यसको जवाफ दिएकी छिन् । सो कार्यक्रममा रनौतको साथमा अभिनेता तथा सांसद चिराग पासवान पनि आएका थिए ।
कार्यक्रममा अभिनेत्रीलाई बिहे कहिले गर्ने भनेर सोधिएको थियो । यसको प्रश्नको जवाफमा कंगना रनौतले भनिन्, ‘पक्कै पनि म विवाह गर्न चाहन्छु भनेर भनेकी थिइन् । उनलाई बिहे यस सांसदको कार्यकालमा हुन्छ कि भनेर सोध्दा अभिनेत्रीले ‘ आशा त छ । त्यसपछि त गरेर कुनै फाइदा पनि छैन नि...’ यति भन्दा भन्दै अभिनेत्रीले आफ्नो हाँसो रोक्न सकिनन् । बिहेको आस कहिले आशा गर्न सक्छौँ भन्ने प्रश्न आएपछि चाँहि अभिनेत्रीले कुरालाई बटार्दै पहिले मेरो फिल्म रिलिज गर, त्यसपछि अर्को पटक भन्छु भन्ने जवाफ दिइन् ।
कार्यक्रममा चिराग पासवानसँगको भाइरल तस्बिर देखाएपछि कंगनाले उनको बारे कुरा पनि गरेकी थिइन् । उनी आफ्नो सहअभिनेता भएको र जता जाँदा पनि आफू र चिरागको फोटोबारे यति धेरै स्पष्टीकरण दिनु परेपछि साँच्चै केही छ त भन्ने लाग्न लागेको पनि उनले बताइन् । अझ अगाडि अभिनेत्रीले आफूहरू दुवै एकदमै मिल्ने साथी भएको र सँगै फिल्म पनि गरेको बताइन् । चिराग निकै ‘हम्बल’ मान्छे भएको उनको भनाइ थियो ।
न्यूज१८ इन्डियाको चौपालमा पाहुना बनेर आएका चिराग पासवानलाई बिहेबारे प्रश्न सोधिएको थियो । उनले पनि यस विषयमा आफ्नो मौनता तोडे । सन् २०२४ को अन्त्यसम्ममा चिराग दुलहा बन्छन् ? भनेर उनलाई प्रश्न सोधिएको थियो । त्यसको जवाफमा उनले हाँसेर ‘बन्दैनन्’ भनेका थिए । केही अघि एउटा पोडकाष्टमा कंगनाले आफूले बिहे गरेर जीवनमा अगाडि बढ्न चाहेको तर योसँगै गलत मान्छेसँग जीवन बिताउनुभन्दा एक्लै बस्नु राम्रो हुने बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण