बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
मङ्गलबार, ०१ असोज २०८१, १२ : २७
काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर–११ घर भएर काठमाडौँ बस्ने धिरबहादुर शाही छन् ।
४१ वर्षीय शाहीबिरुद्ध कालिकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
कालिकोट खाँडाचक्र नगरपालिका–११ घर भएका शाही २०८१ जेठ २८ मा पक्राउ पुर्जी जारी भएसँगै फरार थिए । उनलाई कानुनी कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले कालिकोटमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण