नेपाल ट्रष्टका नाममा रहेका जग्गा संरक्षण गर्छौं : मन्त्री अधिकारी
भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपाल ट्रष्टका नाममा रहेका जग्गा संरक्षण गर्न सरकारले खोजी कार्य थालेको बताएका छन् । मंगलबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको एक सय आठ रोपनी जग्गाको निरीक्षणपछि उनले सरकारले ट्रष्टको स्वामित्वमा रहेका देशभरका जग्गा खोजी गरी संरक्षण कार्य सुरु गरेको बताए ।
मन्त्री अधिकारीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालय, कलेज, अस्पताललगायतको अवलोकन गरी भौतिक अवस्थिति र शैक्षिक अवस्थाबारे जानकारी लिए । उनले भक्तपुर दरबार क्षेत्रस्थित सांस्कृतिक एवं ऐतिहासिक महत्वका सम्पदाको पनि अवलोकन गरेका थिए ।
त्यसअवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले जनताको सुखदुःखमा सबैभन्दा नजिक रहेको स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग गरे । उनले नगरपालिकाले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिरहेकाबारे समेत मन्त्री अधिकारीलाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण