लुम्बिनी प्रदेशमा तीन दिन विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै
बुटवल । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ विभिन्न कार्यक्रम गरेर मनाउँदै छ । आज, भोलि र पर्सी तीन दिन विभिन्न कार्यक्रम गरेर प्रदेश सरकारले संविधान दिवस मनाउन लागेको हो।
मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवसलाई जनस्तरबाट भव्य रूपमा मनाउन आह्वान गरेका छन् ।सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुराउन संविधानको कार्यान्वयनको पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै संविधान दिवसलाई भव्य रूपमा मनाउन आह्वान गरेका हुन् ।
असोज २ गते अर्थात आजदेखि प्रदेश स्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झन्डा फहराईदैछ । कार्यालय परिसरमा सरसफाइ गरिने, स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान कार्यक्रम गरिँदै छ । यस्तै प्रदेश सरकारी निकायका वेभसाईडमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपले मनाउने बारेमा सूचनाहरू सार्वजनिक गरिएको छ ।
संविधान कार्यान्वयनको पहिलो दशक: उपलब्धि र चुनौती विषय विज्ञ सँग छलफल कार्यक्रम आज हुँदैछ । प्रदेश राजधानी परिसर क्षेत्रको लुम्बिनी हलमा कार्यक्रम आयोजना गर्न थालिएको हो ।
आमा नागरिकलाई तीन दिन आ–आफ्नो घरको छत, बरन्डामा दिवपालि गर्न सरकारले आह्वान गरिसकेको छ । असोज ३ गते अर्थात भोलि संविधान दिवसको मूल समारोह आयोजना गरिने छ । विभिन्न सांस्कृतिक झाँकी सहित बिहान प्रभातफेरीको आयोजना गरिने भएको हो । लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मूल समारोह हुँदैछ ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्ययतामा कार्यक्रम गरिने छ । कार्यक्रम परिसर क्षेत्रभित्र स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम गरिने छ । जिल्ला समारोह समिति सँग समन्वय गरेर १२ वटा जिल्लास्थित अस्पतालहरूमा बिरामीको निःशुल्क प्रयोगशाला परीक्षण तथा आकस्मिक टिकट निःशुल्क गरिने छ ।
यस्तै असोज ४ गते पर्सी उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालय सम्बद्ध सरोकारवालाहरूको समन्वयमा वृक्षारोपण कार्यक्रम गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा दसैँको समयमा मात्रै १६ करोडभन्दा बढीका भेडा तथा खसीबोकाको कारोबार
-
सुत्नुअघि ग्लीसिरिनमा यसलाई मिसाएर अनुहारमा लगाउनुस्, हट्नेछ सबै चाउरी
-
सर्वाधिक मेडन ओभरको कीर्तिमान : चर्चित खेलाडीभन्दा नसुनिएका नाम बढी !
-
काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा ट्याक्टरसहित एकजना पक्राउ
-
इजरायलमा ड्रोन आक्रमण : ४ सैनिकको मृत्यु, ६० जनाभन्दा बढी घाइते
-
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची