कमजोर प्रतिद्वन्द्वीविरुद्ध म्यानचेस्टर युनाइटेडको गोल वर्षा
काठमाडौँ । इङ्लिस फुटबल लिग कप (काराबाओ कप) फुटबलअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी बार्नस्लीविरुद्ध गोल वर्षा गरेको छ । तेस्रो चरणको एकपक्षीय खेलमा म्यानचेस्टर युनाइटेड ७–० गोलले विजयी भयो ।
उक्त खेलमा म्यानचेस्टर युनाइटेडका लागि मार्कुस रासफोर्ड, अलेज्यान्ड्रो गार्नाचो र क्रिस्टियन एरिक्सनले दुई–दुई गोलको योगदान गरे । खेल सुरु भएको १६औँ मिनेटमै रासफोर्डले घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
निर्धारित समयको ३५औँ मिनेटमा एन्टोनीले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा अलेज्यान्ड्रो गार्नाचोले टोलीका लागि तेस्रो गोल गरेका थिए ।
खेलको दोस्रो हाफमा म्यानचेस्टर युनाइटेडले चार गोल थपेको थियो । घरेलु टोलीका लागि चौथो गोल ४९औँ मिनेटमा अलेज्यान्ड्रोले नै गरेका थिए । ५८औँ मिनेटमा मार्कुस रासफोर्डले गोल गरेपछि म्यान युनाइटेड ५–० ले अगाडि बढेको थियो ।
यसैगरी, खेलको अन्त्यतिर पाँच मिनेटको बिचमा क्रिस्टियन एरिक्सनले लगातार दुई गोल गरेका थिए । उनले निर्धारित समयको ८१औँ र ८५औँ मिनेटमा गोल गरेका थिए । खेल अवधिभर बार्नस्ली भने निरीह देखिएको थियो ।
सोही राति सम्पन्न अर्को खेलमा क्रिस्टल प्यालेसले क्विन्स पार्क रेन्जर्स (क्यूपीआर) माथि २–१ गोलको प्रतिस्पर्धात्मक जित हासिल ग¥यो भने सेफिल्ड वेडनसडेले ब्ल्याकपुललाई १–० गोलले पराजित ग¥यो । ब्रेन्टफोर्डले भने लिटन ओरिएन्टलाई ३–१ गोलले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण