पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई डा. कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार
काठमाडौँ । सर्वदा साहित्य सङ्गम, नेपालगन्जले यस वर्षको "डा. कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार २०८१" बाट पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई सम्मानित गरेको छ।
असोज १ गते चन्दको भक्तपुरस्थित लोकन्थली निवासमा आयोजित कार्यक्रमका बीच उनलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा साहित्यप्रेमी, समाजसेवी र अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैतडी जिल्लाको कुर्कुटिया गाउँमा १९९६ साल फागुन ३ गते जन्मेका चन्दले चार पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। नेपाली राजनीतिक इतिहासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मात्र नभई साहित्यिक जगतमा पनि उनी बहुमुखी प्रतिभाका धनी हुन्।
साहित्य क्षेत्रमा "श्रीलोचन" नामले परिचित चन्दले आफ्नो लेखन यात्रामा तेह्र ओटा साहित्यिक कृतिहरू लेखेर नेपाली साहित्यलाई समृद्ध बनाएका छन्। उनको 'विसर्जन' कथा संग्रहलाई २०५४ सालमा मदन पुरस्कारबाट सम्मानित गरिएको थियो। नेपाली भाषा, साहित्य र समाजको उत्थानमा उनको निरन्तर योगदानलाई कदर गर्दै यसपटक डा. कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार प्रदान गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण