लोसपा महाधिवेशनको तयारी तीव्र
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले महाधिवेशनको मिति तय गरेपछि त्यसको तयारीमा तीव्रता दिएको छ । महाधिवेशन अघि पार्टीको सम्पूर्ण साङ्गठनिक संरचना बनाउने विषयमा पार्टीमा निरन्तर छलफल भइरहेको छ ।
बुधवार पार्टीका शीर्ष नेताहरूको बैठक बसेर निर्धारित महाधिवेशनलाई व्यवस्थित बनाउन पालिकादेखि प्रदेशसम्मको साङ्गठनिक संरचना एवं अधिवेशनको बारेमा छलफल भएको सो पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले बताए ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा बसेको बैठकमा महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीका सबै संरचना निर्माण गर्ने विषयमा छलफल भएको उनले बताए । ‘तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्नका लागि केन्द्रदेखि पालिका तहसम्मको सम्पूर्ण संरचना बनाउने, अधिवेशन गराउने अध्यक्ष ठाकुरबाट निर्देश भए अनुसार सबै कामहरू अगाडि बढेको छ’ उनले भने ।
पार्टीका महन्थ ठाकुरको नेतृत्वमा एक ढिक्का भएर महाधिवेशन सम्पन्न गराउने लक्ष्यसहित पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता त्यसको तयारीमा जुटसकेको समेत उनले बताए । लोसपाको २०८२ वैशाख २६ गते महाधिवेशन गर्ने मिति तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण