गायिका सेलेना गोमेज आमा बन्न नसक्ने
लस एञ्जलस । प्रसिद्ध अमेरिकी गायिका तथा व्यवसायी सेलेना गोमेज सेप्टेम्बरको सुरुमा अमेरिकी व्यावसायिक पत्रिका ब्लूमबर्गको अर्बपतिको सूचीमा पर्न सफल भएकी थिइन् ।
३२ वर्षको उमेरमा महिला गायिकाले हासिल गरेको यो ठुलो उपलब्धि हो । यसबारे देश र विश्वमा निकै चर्चा भएको थियो । तर केही दिन नबित्दै सेलेना फेरि चर्चामा आइन् । उनले आफू कहिल्यै आमा बन्न नसक्ने खुलासा गरेकी छिन् ।
‘दुर्भाग्यवश मैले आफ्नै सन्तानलाई जन्म दिन सक्दिनँ भन्ने कल्पना पनि गरेकी थिइनँ । मेरो स्वास्थ्यमा अनेक समस्या छन्, जसका कारण म अनि मेरो बच्चाको जीवन खतरामा पर्न सक्छ । यो थाहा पाएपछि लामो समयसम्म मलाई झट्का लाग्यो,’ हालै एक अन्तरवार्तामा गोमेजले भनेकी थिइन् ।
हरेक महिलाले जस्तै आफूले पनि भविष्यमा सन्तान जन्माउँछु भन्ने आफूले सोच्ने गरेको तर रोगका कारण आफ्नो यो परिकल्पना कहिले साकार नहुने दुखेसो गायिकाले अन्तरवार्तामा पोखेकी छिन् ।
सेलेना आमा बन्न नसक्नुको कारण उनलाई लागेको लुपस नामक अटोइम्यून रोग छ । यही रोगका कारण उनले सन् २०१७ मा मिर्गौला प्रत्यारोपण गर्नुपरेको थियो । यस रोगमा प्रतिरक्षा प्रणाली अति सक्रिय हुन्छ र शरीरका अंग र तन्तुहरूलाई शत्रु सम्झेर आक्रमण गर्न थाल्छ । यसका कारण इन्फ्लेमेशन हुन्छ अर्थात् शरीर सुन्निन थाल्छ । त्यसपछि मृगौला, फोक्सो र मुटु जस्ता महत्त्वपूर्ण अंगहरूलाई असर गर्छ । कसैकसैमा यो रोगले गर्भ अवस्थालाई पनि असर गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण