लुम्बिनीका मुख्यमन्त्रीलाई राउटेको उपहार काठको कोसी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई राउटे अगुवाले काठको कोसी उपहार दिएका छन् ।
राउटे अगुवा दिलबहादुर शाहीले मुख्यमन्त्री आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी आएका थिए । त्यस अवसरमा उनले काठको कोसी उपहार दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताए ।
दसैँ खर्च माग्न आएका शाहीले मुख्यमन्त्रीलाई हातले बनाएको काठको कोसी उपहार दिएको उनले बताए । त्यस क्रममा उनले दसैँ खर्चको माग गरेका थिए । राउटे समुदायलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।
राउटे समुदायले मासिक चार हजार रुपैयाँ भत्ता बुझ्दै आएका छन् । दसैँ खर्च माग्न शाही एक्लै लुम्बिनी प्रदेशसम्म आएका हुन् ।
राउटे समुदाय हरेक वर्ष दसैँको खर्चको लागि प्रदेश सरकारमा धाउँदै आएका छन् । मुख्यमन्त्री आचार्यले राम्रोसँग दसैँ मनाउन शाहीमार्फत सबै राउटेहरूलाई सन्देश पठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण