जरोनाका गोलरक्षकबाटै आत्मघाती गोल भएपछि पीएसजीको भाग्य चम्कियो
काठमाडौँ । खेलको अन्तिम समयमा प्रतिद्वन्द्वी टोलीका गोलरक्षकबाट भएको गम्भीर गल्तिका कारण फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले जारी सिजनको युरोपियन च्याम्पियन्स लिगमा सुखद सुरुआत गरेको छ ।
पीएसजीले बुधबार राति खेलिएको खेलमा स्पेनिस क्लब जिरोनामाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो । उक्त खेल पीएसजीको घरेलु मैदानमा खेलिएको थियो । प्रतिस्पर्धात्मक खेलको अन्तिम मिनेटमा जिरोनाका गोलरक्षक पाउलो गाजानिगाबाट आत्मघाती गोल भएपछि पीएसजीको भाग्य चम्किएको थियो ।
जितसँगै पीएसजीले महत्त्वपूर्ण तीन अङ्क बटुलेको छ । खेलको प्रारम्भदेखि नै जिरोनाले पीएसजीलाई कडा दबाब दिएको थियो । खेल बराबरीतर्फ उन्मुख रहँदा ९०औँ मिनेटमा जिरोनाका गोलरक्षकबाट आत्मघाती गोल हुन पुगेको थियो ।
जिरोनाले यसपटक च्याम्पियन्स लिगमा ‘डेब्यू’ गरेको हो । अघिल्लो सिजनको ला लिगामा तेस्रो स्थान हासिल गरेपछि जिरोना च्याम्पियन्स लिगमा छनोट भएको हो । खेलका क्रममा पीएसजीले जिरोनाको पोष्टमा करिब दुई दर्जन गतिला प्रहार गरेको थियो ।
तर, ति सबै प्रहारलाई गोलरक्षक गाजानिगाले विफल पारेका थिए । तर, अन्त्यमा उनकै गल्तिका कारण जिरोना पराजित हुन पुग्यो । पहिलो खेलबाटै तीन अङ्क बटुलेको पीएसजी तालिकाको १०औँ स्थानमा आसीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण