सिन्धु जल सम्झौता पुनरावलोकनको भारतीय सूचनामा पाकिस्तानले के भन्यो ?
इस्लामवाद । सिन्धु जल सम्झौता पुनरावलोकन गर्न भारतले पठाएको सूचनाको जवाफ पाकिस्तानले दिएको छ । पाकिस्तानले यो सम्झौतालाई निकै महत्त्वपूर्ण मानेको र ६४ वर्षअघि भएको द्विपक्षीय सम्झौताका प्रावधानलाई भारतले पनि स्वीकार गर्ने आशा गरेको बताइएको छ ।
स्थितिमा केही आधारभूत र अप्रत्याशित परिवर्तन भएको भन्दै भारतले अगस्ट ३० मा पाकिस्तानलाई नोटिस दिएको थियो । भारत र पाकिस्तानले सन् १९६० को सेप्टेम्बर १९ मा सिन्धु जल सन्धिमा हस्ताक्षर गरेका थिए ।
‘सिन्धु जल सन्धिलाई पाकिस्तान महत्त्वपूर्ण ठान्दछ र भारतले यसका प्रावधानहरूको पालना गर्ने अपेक्षा गर्दछ ।’ पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले पत्रकारहरूलाई भनिन् । बलोचले दुई देशबिच इन्डस कमिश्नरको व्यवस्था रहेको र यस सन्धिसँग सम्बन्धित सबै विषयमा छलफल गर्न सकिने पनि बताइन् ।
सन्धि अनुसार तीन नदी चेनाब, झेलम र सिन्धुको पानीमा पाकिस्तानको अधिकार छ भने सतलज, ब्यास र रावी नदीको पानीमा भारतको पूर्ण अधिकार छ । सिन्धु जल सन्धिको समीक्षाका लागि भारतले पाकिस्तानलाई सूचना पठाएको पछिल्लो डेढ वर्षमा यो दोस्रो पटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण