नालायकहरू संविधान संशोधनको कुरा गर्दैछन् : घनश्याम भुसाल
शुक्रबार, ०४ असोज २०८१, १४ : १६
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले इतिहासका नालायकहरू मिलेर संविधान संशोधनको कुरा गरिरहेकाले उनीहरूको इच्छाबमोजिम संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित सन्देश सभामा बोल्दै महासचिव भुसालले संविधान संशोधनको कुरा गरेर सत्तारुढ दलले अन्यत्र ध्यान मोड्न खोजेको बताए ।
‘इतिहासले पटक पटक कठघरामा उभ्याइसकेकाहरूको इच्छामुताविनक संविधान संशोधन हुँदैन । हुन दिइँदैन’, भुसालले भने, ‘लोकतन्त्रमा राजनीतिक पार्टी राम्रो नभई कुनै व्यक्ति वा गुटले मुलुक बनाउँदैन ।’
भुसालले न्यायालय, नियम कानुन र मुलुकको अर्थतन्त्र दलाल पुँजीवादले कब्जा गरेको भन्दै त्यसबाट मुक्त गर्नुपर्ने बताए । सरकार र सत्तारुढ दलहरूले आजको मुलुकको सङ्कट समेत समाधान गर्न नसक्ने भुसालको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण