दीपेश पुनलाई संसदीय समितिको ४६ प्रश्न, २४ वटा प्रश्नको जवाफ– यसबारे मलाई जानकारी छैन
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वसचिव दिपेशकुमार पुनसँग बयानका क्रममा ४६ प्रश्न गरेको थियो ।
छानबिन समितिको प्रतिवेदन अनुसार पुनले तीमध्ये २४ प्रश्नको जवाफमा ‘यसबारे मलाई जानकारी छैन’ भनेका छन् ।
समितिले पुनलाई बयानका क्रममा ‘अन्य कुनै सहकारीमा सञ्चालक समितिको सदस्य रहेको व्यक्ति तपाईं सचिव रहेको सहकारीको सञ्चालक समितिमा पनि छन् वा छैनन्, थिए वा थिएनन् ? यदि थिए भने उक्त कुरा कानुनसम्म हो वा होइन खुलाइदिनुुस्’ भनेर सोधेको थियो ।
जवाफमा पुनले ‘यसबारे मलाई जानकारी छैन’ भनेका छन् । ‘सञ्चालकहरू कर्मचारी पनि रहेका छन् वा छैनन् ? व्यवस्थापक वा कर्मचारी छनोट गर्दा के–कस्तो विधि र पद्धति अपनाउने गर्नुभएको छ÷थियो ?’ भन्ने प्रश्नको जवाफमा पनि सहकारीका पूर्वसचिव पुनले ‘मलाई जानकारी छैन’ भनेर जवाफ दिएका छन् ।
समितिका अनुसार ‘सहकारी संस्थाका सदस्य बाहेक व्यक्तिको बचत जम्मा गर्ने वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गरिएको छ÷थियो वा थिएन ?’ भनेर प्रश्न सोधिएको थियो । सो प्रश्नको जवाफमा पनि पुनले ‘यस विषयमा मलाई जानकारी भएन’ भन्ने जवाफ दिएका छन् ।
समितिले बयानका क्रममा सेयर सदस्य बनाउँदा तोकिएको कार्यक्षेत्रमा बसोबास भएका व्यक्तिलाई मात्र सदस्य बनाउनु भयो वा अन्य जोसुकैलाई पनि बनाउनु भएको छ÷थियो ? भनेर पुनलाई प्रश्न गरेको थियो । सो प्रश्नको जवाफमा पनि पुनले ‘यस विषयमा मलाई जानकारी भएन’ भन्ने जवाफ दिएका छन् ।
सहकारी संस्थाको सम्पत्ति कहाँ–कहाँ के–कुन स्वरुपमा छ र छ भने आवश्यक कागज प्रमाणसमेत पेस गर्नुहोस् भन्ने प्रश्नको जवाफमा पनि पुनले ‘यस विषयमा मलाई जानकारी भएन’ भनेका छन् ।
उनलाई ‘अन्तरसहकारी कारोबार गर्नुभएको छ ? छ भने कुन–कुन संस्थासँग ?’ भनेर प्रश्न गरिएकोमा सोको जवाफमा पनि उनले ‘यस विषयमा मलाई जानकारी भएन’ भनेका छन् ।
‘तपाईंको सहकारी संस्थाले बचतकर्ताको बचत संकलन गरी गितेन्द्रबाबु राई समेतले सञ्चालन गरेका विभिन्न कम्पनीमा सोझै र व्यक्तिको नाममा ऋण खडा गरी त्यस्ता कम्पनीहरूमा ऋण प्रवाह गरेको देखिन्छ । के कुन कम्पनीमा के–कति ऋण प्रवाह गर्नुभएको छ ?’ भन्ने प्रश्नको जवाफमा पनि पुनले ‘यसबारे मलाई जानकारी भएन’ भनेका छन् ।
अन्य विभिन्न प्रश्नको जवाफमा पनि उनले ‘यसबारे मलाई जानकारी छैन’ भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण