क्रिकेट विश्वकप लिग–२ : क्यानडाको लगातार दोस्रो जित
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा क्यानडाले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा टोलीले ओमानलाई ५९ रनले हराएको हो ।
२ सय ७७ रनको लक्ष्य पाएको ओमानले ४६ ओभरमा अलआउट हुँदै २ सय १७ रन मात्र बनाउन सक्यो । टोलीका लागि फयाज बटले सर्वाधिक ४४ रनको योगदान दिए ।
त्यस्तै, मेहरान खानले ४४ रन बनाए भने आयान खानले ३० रन बनाए । जिसन मक्सुदले २७ रन तथा शोहेब खानले २४ रन जोडे । शकिल अहमद २१ रनमा नटआउट रहे ।
क्यानडाका लागि डिलन हेलिगरले ४ विकेट लिए । कलिम सानाले २ तथा हर्ष थाकर, अखिल कुमार, अंश पटेल र साद बिन जाफरले १–१ विकेट हात पारे ।
यसअघि हर्षको ९३ रनको योगदानको मद्दतले क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ७६ रन बनाएको थियो । कप्तान निकोलस किर्तनले ५० बलमा ५७ रन जोडे ।
परगत सिंहले ४२ रन तथा डिलनले नटआउट रहँदै ३७ रन बनाए । सादले २२ रन बनाए । ओमानका लागि सकिल अहमद, कलिमुल्लाह र फयाज बटले २–२ विकेट लिए । जिसन मक्सुदले १ विकेट हात पारे ।
क्यानडाले पहिलो खेलमा नेपाललाई १ सय ३ रनले पराजित गरेको थियो । अब भोलि दुई टोली पुनः आमनेसामने हुनेछन् ।