काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने
काठमाडौँ । काठमाडौँको विभिन्न स्थानमा शनिबार तीन घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरबार फिडर, बूढानीलकण्ठ वितरण केन्द्रको शिवपुरी फिडर, गणेस्थान फिडर र तारेभीर फिडरबाट वितरित स्थानहरूमा तीन घण्टाका लागि विद्युत् अवरुद्ध हुने जनाएको छ ।
सिंहदरबार फिडर अन्तर्गत पर्ने सिंहदरबार परिसरभित्रका सम्पूर्ण मन्त्रालय, दक्षिण गेटबाहिर जिल्ला समन्वय समिति क्षेत्रमा मध्याह्न १२ बजेदेखि ३ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाइएको छ ।
ती क्षेत्रमा कन्डक्टर अपग्रेडकोका काम गर्न फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
त्यस्तै बुढानीलकण्ठ वितरण केन्द्र अन्तर्गत पर्ने डाडागाउँ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटार, भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुवर कोलोनी, मनकामना टोल, ग्रीनल्याण्ड चोक, मुहानपोखरी, तारेभीर, ताउलुङ, नारायणथान, टुसाल, रूद्रेश्वर चोक, चपली लगायतका क्षेत्रमा बिहान १०ः३० मध्याह्न १२ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण