परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबिच भेटवार्ता
टोरन्टो । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबिच क्यानडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ । सो भेटवार्ताका क्रममा नेपाल रोमानिया सम्बन्ध तथा दुई देशबिचको आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।
क्यानडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा राणा हाल क्यानडा छिन् । सो भेटवार्ताका क्रममा नेपालका हाइड्रोपावर लगायतका विभिन्न क्षेत्रमा लगानीका लागि मन्त्री डा राणाले उनीमार्फत् रोमानियाली सरकार र त्यहाँका लगानीकर्ताहरूलाई आग्रह गरेकी थिइन् ।
वार्तामा रोमानियाली विदेशमन्त्री लुमिनिताले नेपालमा जलस्रोत व्यवस्थापन, पर्यटन र शिक्षाका क्षेत्रमा काम गर्न सकिने गरी चाख देखाएकी थिइन्। त्यस्तै दुई देशबिचको द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा पनि सो भेटका क्रममा कुराकानी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण