स्पेनिश लालिगा : स्प्यान्योलविरुद्ध रियल मड्रिडलाई ४-१ गोलको जीत
काठमाडौँ । स्पेनिश लालिगा फुटबलअन्तर्गत रियल मड्रिडले स्प्यान्योलविरुद्ध सहज जीत पाएको छ ।
शनिबारको घरेलु मैदानमा भएको खेलमा चर्चित फुटबलर एम्बाप्पे संलग्न मड्रिडले स्प्यान्योललाई ४-१ गोलले स्तब्ध पार्यो । पहिलो हाफ बराबरीमा टुंगिएको थियो । ५४ औँ मिनेटमा स्प्यान्योलका थिबाउट कर्सिसले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर त्यसलगत्तै मड्रिडले जादूयी सुरुवात गर्यो । ५८ औँ मिनेटमा डेनियल कार्भाजालले जवाफी गोल फर्काए । ७५ औँ मिनेटमा रोड्रिगोले मड्रिडका लागि दोश्रो गोल गरे ।
७८ औँ मिनेटमा भिनियस जुनियरको प्रहारले जाली चुम्यो । ९० औँ मिनेटमा पेनाल्टीको मौका पाउँदा मड्रिडका लागि के एम्बाप्पेले थप १ गोल गर्दै ४-१ को जीत सुनिश्चित गरे ।
यो जीतसँगै मड्रिड अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । बार्सिलोना उच्च स्थानमा छ । शनिबारका खेलमा भ्यालेन्सियाले गिरोनालाई २-० ले हराएको छ भने ओसासुनाले लस पाल्मसलाई २-१ ले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण