विश्वकप लिग २ : आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत आज क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । खेल ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समय अनुसार राति ८ः४५ बजेदेखि हुँदै छ ।
पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो भने भने दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो।
लिग–२ मा नेपालले अहिलेसम्म ५ खेलमा हार व्यहोरेको छ र अङ्क तालिकामा सातौँ स्थानमा छ। लगातारको हारपछि नेपाल जित्नै पर्ने दबाबमा आज क्यानडासँग भिड्दै छ ।
नेपाल र क्यानडाले अहिलेसम्म ४ एकदिवसीय खेल खेलेका छन्। जसमा नेपालले ३ जित हासिल गरेको छ भने एक खेल क्यानडाले जितेको छ । त्यस्तै लिग–२ मा क्यानडाले भने अहिलेसम्म १० खेलमा ६ जित हासिल गरेको छ भने १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
नेपालले ओमानसँगसमेत पहिलो खेलमा १ विकेटको हार खाएको छ। ओमानसँगको अन्तिम खेल नेपालले मंगलबार खेल्नेछ ।
नेपालले ओडीआई सिरिजपछि क्यानडा र ओमानसँग टी–२० सिरिजमा समेत प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण