रास्वपाका नेताहरू चीन भ्रमणमा
आइतबार, ०६ असोज २०८१, १२ : २९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जना सांसद तथा पार्टीका नेताहरू चीन भ्रमणमा गएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनीहरू शनिवार मध्यराति त्यता प्रस्थान गरेका हुन् ।
चीनको आर्थिक, शैक्षिक तथा सांस्कृतिक प्रगतिको अवलोकन गर्नुको साथै त्यहाँका नेताहरूसँग भेटघाट पनि हुने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवं केन्द्रीय सदस्य गणेश कार्कीले बताए ।
भ्रमण टोलीमा प्रतिनिधिसभा सदस्य एवम् उपसभापति वाग्ले प्रतिनिधिसभा सदस्यहरू मनिष झा, असिम साह, शिशिर खनाल, डा.तोसिमा कार्की, गणेश पराजुली तथा पार्टीका नेताहरूमा बासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, लिमा अधिकारी, तपेश्वर यादव, खुश्बु सरकार श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण