रास्वपाका नेताहरू चीन भ्रमणमा
आइतबार, ०६ असोज २०८१, १२ : २९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जना सांसद तथा पार्टीका नेताहरू चीन भ्रमणमा गएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनीहरू शनिवार मध्यराति त्यता प्रस्थान गरेका हुन् ।
चीनको आर्थिक, शैक्षिक तथा सांस्कृतिक प्रगतिको अवलोकन गर्नुको साथै त्यहाँका नेताहरूसँग भेटघाट पनि हुने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवं केन्द्रीय सदस्य गणेश कार्कीले बताए ।
भ्रमण टोलीमा प्रतिनिधिसभा सदस्य एवम् उपसभापति वाग्ले प्रतिनिधिसभा सदस्यहरू मनिष झा, असिम साह, शिशिर खनाल, डा.तोसिमा कार्की, गणेश पराजुली तथा पार्टीका नेताहरूमा बासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, लिमा अधिकारी, तपेश्वर यादव, खुश्बु सरकार श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?