बैङ्किङ क्षेत्रको ३० अर्ब तान्दै राष्ट्र बैङ्क
आइतबार, ०६ असोज २०८१, १२ : ४८
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज बैङ्किङ क्षेत्रमा भएको ३० अर्ब रुपैयाँ तान्ने भएको छ ।
कर्जा प्रवाह नभएर बैङ्क तथा वित्तीय संस्थामा निक्षेप थुप्रिएपछि राष्ट्र बैङ्कले रकम तान्ने भएको हो । निक्षेप सङ्कलनको बोलकबोल माध्यमबाट रकम तान्न लागेको राष्ट्र बैङ्कले जनाएको छ । जसमा बैङ्क तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ राख्नुपर्नेछ ।
१४ दिनको अवधि तोकेर राष्ट्र बैङ्कले तान्न लागेको उक्त निक्षेपको साँवा तथा ब्याज भुक्तानी असोज २० गते हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण