इरानको कोइला खानीमा विस्फोट, कम्तीमा ५१ जनाको मृत्यु
आइतबार, ०६ असोज २०८१, १५ : २७
तेहरान । पूर्वी इरानको एक कोइला खानीमा भएको विस्फोटमा परेर कम्तीमा ५१ जनाको मृत्यु भएको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमले यो घटनाको पुष्टि गरेका छन् ।
खानीका दुईवटा ब्लकमा मिथेन ग्यास चुहिएर विस्फोट भएको बताइएको छ । यो खानी इरानको राजधानी तेहरानबाट करिब ५४० किलोमिटर टाढा थियो । विस्फोट स्थानीय समय अनुसार शनिबार राति ९ बजे तिर भएको थियो ।
‘विस्फोटको समयमा ब्लकमा ६९ जना कामदारहरू उपस्थित थिए,’ दक्षिणी खोरासानका गभर्नर जावेद गेनातजादेहले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष बित्दा पनि बनेन पुल, यात्रीलाई सास्ती
-
नोर्ड स्ट्रिम पाइपलाइन विस्फोट प्रकरण : युक्रेनी नागरिकविरुद्ध जर्मनीमा मुद्दा दायर
-
म्याग्दीको अलपत्र दरवाङ-निस्कोट सडकखण्ड पाँच वर्षपछि सम्पन्न
-
पहिलो हाफमा अमेरिकालाई अग्रता
-
‘निर्ममतापूर्वक योग्य फ्याकल्टी मात्र राख्छौँ, राजनीतिमुक्त स्वायत्तता नै हाम्रो शक्ति हो’
-
पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण