शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सिङ्गापुर भलिबल सिकेकी ज्याक्युशा ललितपुर क्विन्सको ट्यालेन्ट हन्ट बाट छनोट

आइतबार, ०६ असोज २०८१, २२ : ५९
आइतबार, ०६ असोज २०८१

 ललितपुर । सिङ्गापुरमा जन्म भई उतै भलिबल सिकेकी ज्याक्युशा थापाले ललितपुर क्विन्स बाट एभरेष्ट महिला भलिबल लिग खेल्ने भएकी छन् । जावलाखेलस्थित जावलाखेल भलिबल तालिम केन्द्रमा शनिबार भएको ट्यालेन्ट हन्ट कार्यक्रम मार्फत ज्याक्युशा ललितपुर क्विन्स छनोट भएकी हुन् । 

करिब ४५ सहभागी बाट उनी छनोट हुन सफल भइन् । क्लबका प्रशिक्षक उत्सव खड्का र व्यवस्थापक श्रद्धा छेत्रीले उनलाई आइतबार क्लबमा स्वागत गरे ।  ललितपुरस्थित नखिपोटमा बस्ने ज्याक्युशा जेम्स उच्च शिक्षा संस्थानमा अध्ययनरत कक्षा १२ की छात्रा हुन् । उनको बुवा सिङ्गापुर प्रहरी भएकोले उनको बाल्यकाल सिङ्गापुरमै बित्यो । 

उनले सिङ्गापुरमा आफू पढ्ने विद्यालयमा नै भलिबल सिक्ने अवसर पाइन् । सन् २०२२ मा उनको बुवा सेवानिवृत्त भइसकेपछि उनी सहित सपरिवार नेपाल फर्किए ।    पहिलो पल्ट व्यावसायिक भलिबल तर्फ पाइला सर्दै गरेकी उनी उत्साहित साथै नर्भस भएकी बताउँछिन् । ‘ठुलो प्रतियोगिता बाट नै आफ्नो करियर सुरु गर्न पाउँदा उत्साहित त छु नै, साथै नर्भस पनि महसुस हुँदै छ,‘ छनोट भएपछि ज्याक्युशाले भनिन् । 

‘स्कुल हुँदा अतिरिक्त क्रियाकलाप (इसीए) मा भलिबल छनोट गरेर खेल्न थाले । भलिबललाई आफ्नो हबीको रुपमा मात्र अघि बढाएकी थिए, व्यावसायिक रुपमा नै खेल्छु भनेर कल्पना गरेकी थिएन । तर अब अवसर प्राप्त भएको छ, यसको सदुपयोग गर्छु,ू उनले थपिन । ५ फिट ८ इन्च कद भएकी आउटसाइड हिटर खेल्छिन् ।      

ज्याक्युशाको आगमन सँगै ललितपुर क्विन्सको टोली पूरा भएको छ । क्लबले विदेशी खेलाडी पनि अनुबन्धन गरिसकेको छ । विदेशी खेलाडीको विवरण भने केही दिनमा सार्वजनिक गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप