टमाटर फल हो कि सब्जी ?
काठमाडौँ । टमाटर फल हो कि तरकारी ? यो एक प्रश्न हो जसको जवाफ सधैँ अन्योलले भरिएको छ।
टमाटर हरेक नेपाली भान्सामा प्रयोग गरिन्छ। यसलाई सबै प्रकारका तरकारीमा जोड्नुका साथै सलादको रूपमा पनि खाइन्छ। टमाटर र प्याजको ग्रेभीमा तरकारी पकाएर खाइएन भने खानामा मजा नै आउँदैन ।
त्यसैबाट अचार पनि बनाइन्छ । टमाटर बिना नेपालीको खाना अधुरो छ । हरेक तरकारीमा थपिने भएकाले यसलाई तरकारीको राजा पनि भनिन्छ । तर के यो साँच्चै तरकारी हो?
जैविक रूपमा टमाटर तरकारी होइन फल हो किनभने अन्य फलहरू जस्तै यो पनि बीउ भएको बोटबाट फल्छ। बिरुवामा लागेका फूलहरूबाट फलहरू बनाइन्छ। उता तरकारीहरू बिरुवाको पात र जराहरू हुन्। जस्तै- गाजर, मूला, पालक, आलु र प्याज।
तरकारी र फलफूल दुवैमा पोषक तत्त्वको भण्डार हुन्छ । दुवै भिटामिन, खनिज र फाइबरमा प्रशस्त छन्।
- टमाटरलाई तरकारी किन मानिन्छ ?
टमाटर तरकारी, सलाद, पिज्जा, पास्ता आदि धेरै परिकारमा प्रयोग गरिन्छ। मानिसले यसलाई फलफूलभन्दा पनि तरकारीका रूपमा बढी खाने भएकाले यसलाई तरकारी पनि मानिन्छ ।
तर, विज्ञानका अनुसार यो फल नै हो । यो प्रश्नको जवाफ किसान र वनस्पति विज्ञहरूसँग सोध्ने हो भने उनीहरूले फलफूल भएको बताउनेछन् । तर खाना पकाउनेहरूले यसलाई तरकारीको दर्जा दिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण