पक्राउ परेका जोशीमाथि तीन अभियोगमा अनुसन्धान हुने
काठमाडौँ । सहकारीको रकम अपचलनमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीमाथि तीन अभियोगमा अनुसन्धान हुने भएको छ । जोशीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुने जिल्ला सरकारी वकिल कार्यालय कास्कीका एक अधिकृतले बताए ।
‘पक्राउ परेका जोशीलाई तीन अभियोगमै अनुसन्धान हुने र त्यही दाबीसहित जिल्ला अदालतमा म्याद थपका लागि पेस गरेका छौँ,’ ती अधिकृतले रातोपाटीलाई भने ।
जिल्ला सरकारी वकिलको कार्यालयले १० दिनका लागि सुरुमा समय चाहिने दाबी गरेको छ । जिल्ला अदालतले उनीहरूको तर्क सुनेपछि म्यादबारे निर्णय लिने छ । पहिलो पटक म्याद माग भएका कारण पाँच दिन दिने देखिन्छ ।
संगठित अपराधमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ । त्यस्तै सम्पत्ति शुद्धीकरणको अभियोग अहिले जिल्ला सरकारी वकिल कार्यालयबाटै जिल्ला अदालतमा दर्ता हुने भएकाले पनि यो अभियोग थपिएको हो ।
जोशीले गोर्खा मिडियाको सञ्चालकको रूपमा पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा दर्ता भएको पूरक अभियोगपत्रमा अनुसन्धानका लागि आइतबार साँझ पक्राउ गरिएको थियो ।
जिल्ला अदालतले म्याद दिएपछि उनको बयान हुने छ । प्रहरीले जोशीको बयानका आधारमा थप व्यक्ति पक्राउ गर्ने तयारी गरेको छ । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पनि पूरक जाहेरी रहेको छ । त्यस्तै सहकारीको छानबिन प्रतिवेदन पनि पुगेको र विगतमा पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदन पनि पुगेको छ ।
यी सबैको अध्ययनपछि रवि लामिछानेबारे निर्णय लिइने र पक्राउ गर्नुपर्ने देखिएमा अदालतबाट पक्राउ पुर्जी लिएर मात्र पक्राउ गर्ने ती सरकारी वकिलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण