१ सय ४५ केजी गाँजा बरामद
सोमबार, ०७ असोज २०८१, १६ : २०
पर्सा । विन्दवासिनी गाउँपालिका–३ ईटियाही चोकबाट सशस्त्र प्रहरीले आइतबार १ सय ४५ केजी गाँजा बरामद गरेको छ ।
सोही गाउँपालिका –४ मधवलबाट ईटियाहीतर्फ जाँदै गरेको बा.१५ च. ७९५६ नम्बरको कारमा सवार व्यक्तिहरूले सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै कार छाडी फरार भएका थिए ।
बीओपी अमरपट्टीले कारमा चेकजाँच गर्दा गाडीको सिट र डिकीमा लुकाई छिपाई राखेको प्रतिबन्धित लागु औषध १५ पोका गाँजा फेला पारेको हो ।
बरामद गाँजा तथा कार इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण