त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायको डिनका लागि ५ जनाको अल्पसूची सार्वजनिक
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको डिनका लागि ५ जनाको नाम अल्पसूची (सर्टलिष्ट) मा परेका छन् । डिन छनौट समितिले आवेदन दिएका ८ जनामध्ये ५ जनाको नाम सर्टलिष्टमा परेको हो ।
सर्टलिष्टमा परेका उम्मेदवारहरूलाई भोलि असोज ८ गते प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाएको छ । सर्टलिष्टमा परेकाहरूमा प्राडा ताराप्रसाद भुसाल, प्राडा दुविनन्द ढकाल, प्राडा धुब्रबहादुर कार्की, प्राडा रामकृष्ण तिवारी र प्राडा सञ्जय आचार्यको नाम सर्टलिष्टमा परेको हो ।
त्रिवि सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ बमोजिम डीन पदका लागि आवेदन आह्वान गरिएको थियो । जसमा प्राडा दुविनन्द ढकाल, प्राडा रमेशकुमार श्रेष्ठ, प्राडा रामकृष्ण तिवारी, प्राडा ताराप्रसाद भुसाल, प्राडा सञ्जय आचार्य, प्रा.कृष्णराज आचार्य, डा.तुल्सीप्रसाद गौतम र प्राडा धुव्रबहादुर कार्कीले आवेदन दिएका थिए ।
त्यस्तै चिकित्साशास्त्र अध्ययन संस्थानको डिन पदका लागि १३ जनाको आवेदन परेको छ । त्यस्तै इन्जिनियरिङ अध्ययन संस्थानको डीनका लागि ११ जना, कृषि र पशुविज्ञान अध्ययन संस्थाको डीनका लागि ५ जना, वन विज्ञान अध्ययन संस्थानको डीनका लागि ८ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिनका लागि १२ जनाको आवेदन परेको छ ।
त्यस्तै व्यवस्थापन संकायको डीनका लागि ६ जना, शिक्षाशास्त्र संकायको डिनका लागि ८ जनाको आवेदन परेको छ । शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशक पदका लागि ८ जना, योजना निर्देशनालयको निर्देशक पदका लागि ८ जनाको आवेदन परेको त्रिविले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण