किरण रावको लापता लेडिज ओस्कारमा
सोमबार, ०७ असोज २०८१, १७ : २२
नयाँ दिल्ली । भारतबाट यसपटक ओस्कारमा आधिकारिक रूपमा किरण रावको लापता लेडिजलाई पठाइएको छ । सोमबार फिल्म महासङ्घले यसबारे जानकारी दिएको हो ।
निर्देशक किरण रावलै निर्देशन गरेको उक्त फिल्म सर्वश्रेष्ठ विदेशी फिल्मको कोटीमा मनोनीत गरिएको हो । जानू बरुआको नेतृत्वको १३ जना सदस्य रहेको छनौट समितिले ओस्कारका लागि २९ वटा फिल्मको सूचीबाट यो फिल्मलाई रोजेको हो ।
यसमा १२ वटा हिन्दी, ६ तमिल र ४ मलयालम फिल्म थिए । यी फिल्महरू पछाडि छाड्दै लापता लेडिज ओस्करमा भारतको तर्फबाट आधिकारिक एन्ट्री बनेको छ । नितान्शी गोयल, प्रतिभा रान्टा स्पर्श श्रीवास्तव र रवि किशनको शीर्ष भूमिका रहेको यो फिल्म ग्रामीण पृष्ठभूमिका महिलाहरूको जीवनमा आधारित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण