असोज ११ गतेदेखि काठमाडौँमा इक्यान शैक्षिक मेला
काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ इक्यानले १५ औ संस्करणको शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले असोज ११ गते काठमाडौँको एभरेस्ट होटलमा मेलाको आयोजना गर्न लागेको जानकारी दिइएको हो ।
विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सही जानकारी र परामर्श प्रदान गर्ने उद्देश्यले मेलाको आयोजना गरेको संघले जनाएको छ ।
‘यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सही जानकारी र परामर्श पाउन भन्ने अपेक्षासहित मेला आयोजना गर्न लागिएको हो,’संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आयोजकले शैक्षिक मेलामा करिब १५ हजार भन्दा बढी विद्यार्थी तथा अभिभावकहरूले अवलोकन गर्ने अपेक्षा राखेको छ ।
मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदूतावास तथा कूटनीतिक नियोगहरूलाई समेत आग्रह गरिएको आयोजकले जनाएको छ ।
मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरू, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्याण्ड, अस्ट्रेलिया, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, डेनमार्कलगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूको सहभागिता जनाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण