हिरासत कक्ष फोडेर फरार ७ जना थुनुवा पक्राउ, दुई जनाको खोजी जारी
वीरगन्ज । धनुषा प्रहरीको हिरासत कक्षको भेन्टिलेसन तोडेर फरार थुनुवाहरूमध्ये अहिलेसम्म ७ जना पक्राउ परिसकेको धनुषा प्रहरीले जानकारी दिएको छ । थुनुवाहरू फरार भए लगत्तै प्रहरीले चलाएको ‘सर्च’ अभियानका क्रममा दिउँसो १२ बजेदेखि नै फरार थुनुवाहरू पक्राउ पर्न थालेको धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले जानकारी दिएका हुन् ।
उनका अनुसार बिहान ५ बजे एक जना र बाँकी मध्यान्हदेखि पक्राउ पर्न थालेका हुन् । ५ जनालाई धनुषाको सीमानजिक लखोरीबाट पक्राउ गरिएको प्रवक्ता अवाले बताए । पक्राउ पर्ने थुनुवाहरूमा जनकपुर उपमहानगरपालिका वडा नम्बर २० निवासी अमितकुमार झा, वडा नम्बर १ निवासी सुमित मेस्तर, वडा नम्बर ४ का बिकी कार्की, विदेह नगरपालिका वडा नम्बर ७ का रोशन कुमार मण्डल, नगराइन नगरपालिका वडा नम्बर २ का मनिष मण्डल र सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ का अभास्कर कुमार यादव छन् ।
फरार दुई जनाको भने खोजी कार्य जारी रहेको धनुषा प्रहरीले जनाएको छ । विदेह नगरपालिका वडा नम्बर ७ निवासी रञ्जित मण्डल र औरही गाउँपालिका वडा नम्बर २ का विशाल मुखियाको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
हिरासतबाट भागेका ९ जनामध्ये १ जना थुनुवालाई प्रहरीले घटना लगत्तै पक्राउ गर्न सफल भएको थियो । बिहान पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५ का सत्यम झा रहेका छन् ।
पक्राउ परेकाहरूमध्ये ४ जना अभद्र व्यवहार मुद्दाका फरार थुनुवा रहेका छन् भने अन्य ५ जना लागु औषध मुद्दाका आरोपित भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मेस्तर, झा, बिकी कार्की र मनिश मण्डल अभद्र व्यवहारका थुनुवा हुन् भने अमित कुमार झा, रोशन कुमार मण्डल र अभास्कर कुमार यादव लागु औषध मुद्दामा पक्राउ परेका थिए ।
थुनुवा खोजीका लागि मधेस प्रहरी र जिल्लाको गरी करिब ४ सयको सङ्ख्यामा प्रहरी परिचालन गरिएको जनकपुर प्रहरी प्रवक्ता अवाले बताए । उनका अनुसार प्रदेश प्रहरीबाट करिब २ सय र बाँकी जिल्लाबाट गरी ४ सयको हाराहारीमा प्रहरी खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
-
भानु जयन्तीमा मात्रै बौरिन्छ चुँदीरम्घा : २४ करोडको गुरुयोजनाले फेरिएला त आदिकविको जन्मथलो?
-
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण