म्यानचेस्टर सिटीका अर्लिङ हाल्यान्डले वाट्फोर्डविरुद्धको खेल गुमाउने
मङ्गलबार, ०८ असोज २०८१, १० : १८
काठमाडौँ । म्यानचेस्टर सिटीका प्रभावशाली स्ट्राइकर अर्लिङ हाल्यान्डले इङ्लिस लिग कप (काराबाओ कप) अन्तर्गत खेलिने वाटफोर्डविरुद्धको खेल गुमाउने भएका छन् । म्यानचेस्टर सिटी र वाट्फोर्डबिचको खेल बुधबार बिहान खेलिने छ ।
२४ वर्षीय नर्वेजियन स्ट्राइकर हाल्यान्ड आफ्नो पारिवारिक मित्रको निधन भएकाले केही समयका लागि स्वदेश फर्किएको समाचारमा जनाइएको छ । उनी न्युक्यासलविरुद्धको खेलका लागि भने म्यानचेस्टर सिटी फर्किने समाचारमा जनाइएको छ ।
हाल्यान्ड म्यानचेस्टर सिटीका प्रभावशाली खेलाडी हुन् । उनले जारी सिजनको प्रिमियर लिगमा पनि केवल पाँच खेल खेल्दै १० गोल गरिसकेका छन् । काराबाओ कपको अन्य खेलमा प्रिमियर लिग क्लब चेल्सीले बारोको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण