नेपालमा आयोजना हुने एसिया रग्वी सेभेन्स ट्रफीलाई इमिरेट्सको साथ
काठमाडौँ । नेपालमा आयोजना हुने एसिया रग्वी सेभेन्सलाई इमिरेट्सले मुख्य प्रायोजन गर्ने भएको छ । एसियाली रग्वीको सबैभन्दा ठुलो प्रतियोगितामा इमिरेट्स एयरलायन्स मुख्य प्रायोजकको रूपमा जोडिएको नेपाल रग्बी संघले जनाएको छ ।
एसियाली रग्बी र इमिरेट्सबिच सम्झोता पनि सम्पन्न भएको बताइएको छ । उक्त सम्झौतापछि प्रतियोगिताको नाम ‘एसिया रग्वी इमिरेट्स सेभेन्स ट्रफी–२०२४’ राखिएको छ । एसिया रग्वीको आयोजना र नेपाल रग्वी संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोगिता काठमाडौँको दशरथ रंगशालामा आयोजना हुने बताइएको छ । प्रतियोगिता असोज १८ र १९ गते सञ्चालन हुनेछ । प्रतियोगितामा १७ राष्ट्रको सहभागिता रहने छ । उक्त प्रतियोगितामा पुरुष रग्वी सेभेन्समा १४ र महिला रग्वी सेभेन्समा आठ टोलीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा चार सय ५० जनाभन्दा बढी खेलाडी तथा अफिसियलले सहभागिता रहने नेपाल रग्बी संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण