दाइजो र बालविवाह न्यूनीकरणका लागि सबैले भूमिका खेलौँः मन्त्री सुडी
राजविराज (सप्तरी) । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मधेसमा दाइजो र बालविवाह न्यूनीकरणका लागि सबैले भूमिका खेल्नुपर्ने बताएका छन् ।
मंगलबार यहाँ आयोजित अन्तरक्रियामा उनले मधेसका जिल्लाहरूमा दाइजो र बालविवाह हुनु दुःखद भएको र यसविरुद्ध सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
मन्त्री सुडीले समाजमा व्याप्त भेदभाव र विभिन्न स्वरूपका विकृति हटाउन हरेक नागरिकमा चेतना जगाउन आवश्यक रहेको बताए । 'बालविवाहले मातृ तथा बाल मृत्युदरको जोखिम उत्तिकै छ, महिलाहरूको स्वास्थ्यलगायत समग्र वृत्तिविकासमा असर गरिरहेको छ । यसकारण दाइजो र बालविवाहमुक्त समाज निर्माण गर्नेतर्फ सबैले भूमिका खेलौँ,' उनले भने ।
जिल्ला समन्वय समितिका सभापति शिवनारायण साहले सप्तरीलाई बालविवाहमुक्त जिल्ला घोषणा गर्नेगरी योगदान गर्न सबैलाई आग्रह गरे । राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित विभिन्न स्थानीय तहका प्रतिनिधिलगायतको उपस्थित रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण