युक्रेनी सहर खार्किभमा रुसको नयाँ आक्रमण
बुधबार, ०९ असोज २०८१, १० : १४
किभ । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा नयाँ तरिकाले आक्रमण शुरु गरेको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार यी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।
अधिकारीहरूका अनुसार मंगलबारबाट सुरु भएको आक्रमण गाइडेड ग्लाइड बमहरूद्वारा गरिएको थियो । आक्रमण चार जिल्लामा भएको बताइएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अपार्टमेन्ट, बेकरी र स्टेडियमलाई निशाना बनाएको बताएका छन् । उनीहरूको आक्रमणको लक्ष्य युक्रेनी नागरिकहरू भएको उनले बताए ।
युक्रेनी सेनाले देशको पूर्वी क्षेत्रमा रुसी सेनासँग भीषण युद्ध लडिरहेको छ । रुसले युक्रेनको लगभग भत्किएको सहर भुलेदारलाई घेरेको छ । मंगलबारको हमलापछि जालेन्स्कीले रुसले गरेको आक्रमणमा नराम्ररी ध्वस्त भएको अपार्टमेन्टको तस्बिर साझा गर्दै विज्ञप्ति जारी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण