इरानबाट ज्यान मार्ने खतराबारे ट्रम्पले के भने ?
वाशिङटन डीसी । इरानले आफूलाई मार्न चाहेको तर सफल नभएको अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् । उसले फेरि यस्तै प्रयास गर्न सक्ने पनि उनले बताए ।
‘मेरो ज्यानलाई इरानबाट ठुलो खतरा छ । सम्पूर्ण अमेरिकी सेना हेर्दै छ र पर्खिरहेको छ । इरानले प्रयास त गरेको थियो तर असफल भयो । तर उसले फेरि पनि प्रयास गर्नेछ । यो अवस्था कसैको लागि राम्रो होइन । म त झन् धेरै मानिस, बन्दुक र हतियारहरूले घेरिएको छ । यो भन्दा अगाडि म धेरै मानिसहरूबाट यसरी घेरिएको थिइन् ।’ सामाजिक सञ्जालमा एउटा पोस्टमा ट्रम्पले लेखेका छन् ।
आफ्नो सुरक्षाका लागि थप रकम विनियोजन गरेको भन्दै उनले संसदलाई धन्यवाद पनि भने । रिपब्लिकन र डेमोक्रेटिक सांसदहरू यस मुद्दामा एकजुट भएको देख्दा आफूलाई राम्रो लाग्यो तर, पूर्वराष्ट्रपतिमाथि हमला गर्नु आक्रमणकारीका लागि मृत्युको निम्तो दिनुजस्तै भएको पनि उनले अगाडि लेखेका छन् ।
ट्रम्पको यो पोष्टपछि अमेरिकी राष्ट्रपतिको सुरक्षालाई लिएर बहस सुरु भएको छ । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ । रिपब्लिकन उम्मेदवार ट्रम्पले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिससँग प्रतिस्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण