तस्बिरमा हेर्नुहोस् जितिया पर्व
काठमाडौँ । काठमाडौँ उपत्यकामा बस्दै आएका थारु तथा मधेसी समुदायले जितिया पर्व मनाउँदै छन् । थारु समुदायका मानिसहरू उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक पोसाकमा सजिएर भेला भएर जितिया मनाइरहेका छन् ।
३ दिने जितिया पर्वमा विशेषतः आमाहरूले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा आराधना गर्ने गर्छन् ।
सोमबारदेखि सुरु भएको यो पर्वको सुरुवाती दिन– सोमबार मिथिलाञ्चलका साथै नेपालका अन्य स्थानमा छरिएर बसेका थारुहरूले “नहा खा” अर्थात् नुहाएर खाने विधी सुरु गरेका थिए ।
आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारू तथा मधेसी महिला कठोर उपवास बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकार बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।
आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा अनुसार मंगलबार बिहान ४ बजेदेखि सुरु भएको ३६ घण्टासम्मको निर्जल र निराहार उपवास बुधबार अपराह्न ५ बजे समापन गरिँदै छ ।
यो पर्वलाई जिवित्पुत्रिका व्रतको नामले पनि चिनिन्छ । वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, सखर, भिजाएको केराउ, दही–च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजाआजामा प्रयोग गरिन्छ ।
_Xz2A9Y7Qpg.jpg)
_aBecaMGbCp.jpg)
_vtieur08Eg.jpg)
_MgdwcpgPx6.jpg)
_zaxkcJvIXJ.jpg)
_1RjNDrEFCv.jpg)
_ZW2yzcdhcN.jpg)
_m8LanXQhZw.jpg)
_eyfaVSx4S6.jpg)
_HlFtiGIA4z.jpg)
_2ztTQz4tls.jpg)
_Vx85DwCtzz.jpg)
_iH1RBoImwZ.jpg)
_ikjVS0i5Z3.jpg)
_absrEyr8Bu.jpg)
_cK61HqBePc.jpg)
_AGKgFzNA7A.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण